वीरगन्ज । कोरोना भाइरसको जोखिम ह्वात्तै बढेसँगै पर्सामा निषेधाज्ञा जारी भएको छ । खासगरी वीरगञ्ज महानगरपालिकामा अब अत्यावश्यक बाहेक सबै प्रकारका गतिविधि रोकिने भएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञा मंगलबार बेलुकाबाटै कार्यान्वयनमा आएको छ ।
पर्सामा दुई जना पत्रकारसहित मंगलबार एकै दिन ३९ जनामा कोरोना पुष्टी भएको छ । यस जिल्लामा समुदाय स्तरमै कोरोना फैलिएको आशका गरिएको छ ।
मंगलबार एकै दिन नेपालमा ५७ जनामा कोरोना पुष्टी भएको छ । यो एकैदिन बढेको सर्वाधिक ठूलो संख्या हो ।