एमालेमा विद्या भण्डारीलाई ‘नो स्पेस’, राजनीतिमा फर्कन नदिने निर्णय

अध्यक्ष्य एवं प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपतिबीच भेटवार्ता ललितपुर, ४ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच पार्टी मुख्यालय च्यासलमा आइतबारभेटवार्ता गर्नुहुँदै। सौजन्य तस्बिरः प्रधानमन्त्री सचिवालय÷रासस

७ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ । पार्टीको धारा ८ र ९ देखाउँदै अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाए ।

दुई दिनसम्म चलेको चलेको केन्द्रीय कमिटी बैठकको समापनमा मध्यराती बोल्ने क्रममा अध्यक्ष ओलीले यस्तो निर्णय लिएको बताए । उनको उक्त निर्णयमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले प्रतिवाद गरेका थिए । उनीहरूले बैठकमै नोट अफ डिसेन्ट लेख्ने जानकारी गराएको नेताहरुको भनाई छ । यससँगै एमालेमा फर्किएर सक्रिय राजनीति गर्ने विद्यादेवी भण्डारीको चाहना पुरा नहुने भएको छ ।