एमाले उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर आज र भोली पार्टी कार्यालयमा राखिने

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा सांसद सुवास नेम्वाङको पार्थिव शरीर दुई दिनसम्म श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने भएको छ। उनको बुधबार अपाराह्न अन्तिम संस्कार गर्ने तयारी परिवारपनको छ । इलाम १ का सांसद महेश बस्नेतका अनुसार नेम्वाङको पार्थिव शरीर ललितपुर, च्यासलस्थित पार्टी कार्यालय राखिने छ । संविधान सभा अध्यक्षसमेत रहेका नेम्वाङ इलाम- २ बाट निर्वाचित सांसद थिए।

एमालेका संसदीय दलका उपनेता रहेका उनको मंगलबार बिहान १ बजे निधन भएको हो । उनको हृदयघातबाट निधन भएको अस्पतालले जनाएको छ। हृदयघात भएका उनलाई राति नै गंगालाल अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए। नेम्वाङ शनिबार धरानमा युवा संघको सम्मेलनमा सहभागी भएका थिए। आइतबार पनि दिनभर सिंहदरबारमा थिए ।