एमाले महाधिवेशन : उपमहासचिव गुरुङको संयोजकमा कमिटी गठन

काठमाडौँको भृकुटीमण्डपमा आइतबार आयोजित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा सहभागीहरु । तस्बिरः चन्द्रकला क्षेत्री/ रासस

काठमाडौँ, २८ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औं राष्ट्रिय महाधिवेशनको निर्णय र छलफललाई औपचारिक रुपमा अभिलेखीकरण गर्न माइन्युट कमिटी गठन गरेको छ । महाधिवेशनको बन्दसत्रमा महासचिव शङ्कर पोखरेलले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको संयोजकमा माइन्युट कमिटी गठन गरिएको जानकारी दिए । समितिमा सूर्यबहादुर थापा क्षेत्री, ज्वालाकुमारी साह, ईश्वरी रिजाल, लीला भण्डारी, विष्णु रिजाल र नीरज आचार्य सदस्य रहेका छन् । महाधिवेशनका क्रममा प्रस्तुत प्रस्ताव, छलफल, निर्णय र निष्कर्षलाई व्यवस्थित रुपमा अभिलेख राख्ने जिम्मेवारी उक्त समितिलाई दिइएको छ ।