एल क्लासिको : रियलमाथि बार्सिलोनाको रवाफिलो जित

काठमाडौं । एल क्लासिको भिडन्तमा बार्सिलोनाले रियल म्याड्रिडलाई रियलकै घरेलु मैदानमा रवाफिलो जित निकालेको छ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको एल क्लासिकोमा क्याटलान क्लब बार्सिलोनाले रियललाई ४–० गोल अन्तरले हरायो । पछिल्लो समय बार्सिलोना उच्च लयबाट गुज्रिरहेको छ । सान्टियागो बर्नाबाउमा बार्सिलोनालाई जिताउन पिएर एमेरिक औबामेयाङले २ गोल गरे । रोनाल्ड अराउजो र फेरान टोरेसको नाममा १-१ गोल रह्यो ।

पहिलो हाफमा २-० ले अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा दई गोल थपेको हो । जितपछि बार्सिलोनाले रियलसँगको अंक दुरीलाई १२ अंकमा झारेको छ। बार्सिलोना २८ खेलमा ५४ अंकसहित तेस्रो स्थानमा कायम छ । रियल म्याड्रिड २९ खेलमा ६६ अंकसहित शीर्ष स्थानमा छ , दोस्रो स्थानमा रहेको सेभिल्लाको २९ खेलमा ५७ अंक छ।