ओडिसा काण्ड : नेपाली विद्यार्थीले प्रदर्शन गरेपछि प्रशासनको दमन

काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी नेपाली विद्यार्थीको न्यायको माग गर्दै नेपाली विद्यार्थीले प्रदर्शन गरेका छन् । उनीहरुमाथि कलेज प्रशासनले दमन गरेको छ । कलेजको होस्टलमा मृत फेला परेकी बुटवलकी प्रकृति लम्सालबारे गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै प्रदर्शन गरेका नेपालीमाथि कलेजले निकाला समेत गरेको छ ।

यो कलेजमा करिब १५ सय नेपाली विद्यार्थी अध्ययतरत् रहेको बताइएको छ ।
लम्सालले कलेजमा पढ्ने एक युवकले आफूलाई लामो समयदेखि दुर्व्यवहार गर्दै आएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध अफिसर (आईआरओ) लाई निवेदन पनि दिएकी थिइन् । तर, प्रशासनले गम्भीरतापूर्वक लिएको थिएन ।

भारतको ओडिसामा नेपाली छात्राको शंकास्पद मृत्यु

आइतबार उनी कलेजको होस्टलभित्र मृत अवस्थामा फेला परेपछि विद्यार्थीहरुले कलेजविरुद्ध प्रदर्शन थालेका थिए । कलेजले उनले आत्महत्या गरेको दाबी गर्दै विज्ञप्ति जारी गरेको छ । यद्यपि, मृत्युको यकिन कारण पोष्टमार्टम जाँचपछि मात्र थाहा हुनेछ । शवलाई पोष्टमार्टमका लागि क्यापिटल अस्पताल पठाइएको छ । ‘सामाजिक सञ्जालमा प्रदर्शन गर्ने विद्यार्थीहरुमाथि दमन गरिएको भिडियोहरु भाइरल भइरहेका छन् ।