लण्डन । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट बेलायतमा पहिलो मृत्यु भएको पुष्टी भएको छ । यो संसारकै पहिलो घटना हो । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले मृत्युको पुष्टि गरेको बेलायती संचारमाध्यमले लेखेका छन् । लण्डनमा खोप केन्द्र भ्रमण गर्दै उनले ओमिक्रोन संक्रमणलाई हल्का ढंगले नलिन समेत चेतावनी दिए । ओमिक्रोन संक्रमणपछि मानिसहरु अस्पताल भर्ना हुने क्रम बढेको भन्दै उनले एक जना बिरामीको मृत्यु भएको बताएका हुन् । उनले नागरिकलाई कोरोना भाइरसविरुद्ध खोपको बुस्टर डोज लगाउन समेत भनेका छन् । स्वास्थ्यमन्त्री साजिद जाविदले ओमिक्रोन भेरियन्टबाट बेलायतमा २० प्रतिशत संक्रमित रहेको र १० प्रतिशत बिरामी अस्पताल भर्ना भएको जानकारी गराएका छन् । उनका अनुसार ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ४४ प्रतिशतले बढेको छ ।
ओमिक्रोनबाट बेलायतमा पहिलो मृत्यु
