काठमाडौं । मनसुन जारी रहेका कारण मुलुकको धेरै भूभागमा वर्षा भइरहेको छ । तर, मध्य र पश्चिम तराईका जिल्लामा भने पानी नपर्दा चर्को गर्मीले जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार बिहान प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार दिउँसो पनि देशभर आंशिक देखि सामान्यत बदली रहनेछ। देशभरका पहाडी भू–भागका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा मध्यम वर्षाको सम्भावना छ ।
देशका पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। आइतबार दिउँसो देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। देशभरका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम सामान्यता सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-,दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । दिउँसो देशभर आंशिक देखि सामान्यता बदली रहनेछ।
देशभरका पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । राती देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केहि स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।