कर्फ्यु लगाए पनि लुटिए म्याह्याटनका महंगा स्टोर; मंगलवार कर्फ्यु ८ बजेदेखि

न्युयोर्क

न्युयोर्कमा सोमबार राती लगाइएको कर्फ्युले महँगो स्टोर लुटपाट गर्ने समुहलाई रोक्न सकेन । फ्लोएड मृत्‍यु प्रकरण पछिको अशान्त अमेरिकाको न्युयोर्कमा सोमबार राती ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु  आदेश गरिए पनि म्याहाटनस्थित दर्जनौं शोरुममा लुटपाट भएको छ । शोहो (साउथ अफ हाउष्टन) क्षेत्रका दर्जनौं ब्रान्डेड स्टोर लगायत फिफ्थ एभिन्युका डिजाईनर शपदेखि महंगा स्टोरहरु सोमबार राती पनि लुटिएको छ । लुटपाट गर्दै हिंडेको समुहले पालै पालो स्टोरका ढोका तथा झ्याल फुटाएका छन् । आईतबार यसैगरी सहर लुटपाट भएपछि गभर्नर कुमो तथा मेयर ब्लाजियोले संयुक्त बिज्ञप्ती जारी गर्दै कर्फ्यु आदेश गरेका थिए । लुटपाटमा संलग्न त्यस्ता समुहले कर्फ्यु समेत उलंघन गरेका हुन । सोमबार ११ बजेदेखि लागू गरिएको कर्फ्यु मंगलवार ३ घण्टा अगाडि ८ बजेदेखि नै लागू गरिएको छ ।

कर्फ्यु लागू हुनु अगाडि नै केही युवाहरुको समुह म्यानह्याटन शोहो र मिड टाऊन क्षेत्रका प्रत्येक ब्लकमा रहेका महँगा स्टोर तोडफोड गर्दै चाङ्का चाङ् सामन लुटेर हिंडेका थिए ।  त्यो समुहले फेशन दुनियाँको चर्चित नाम माईकल कोर्सदेखि नाईक, लेगो, अल्डो सबै स्टोरमा छिरेर लुटेका थिए । उता कर्फ्यु आदेश लागू भएको समय ११ बजे पछि ब्रुकलिनस्थित बार्कले सेन्टर अगाडि शान्तिपूर्ण प्रदर्शन भएको थियो । कर्फ्यु कै बीचमा त्यहाँ प्रदर्शन गरिएको भए पनि प्रहरीहरु केही दुरीमा हेरेर मात्र बसेका थिए ।  अमेरिकामा न्युयोर्क साहित सोमबार ४० शहरमा कर्फ्यु लगाइएको थियो ।

समाचार श्रोत : डेली मेल