कांग्रेसबाट नुवाकोट-१ मा महत, २ मा जगदीश्वरनरसिंह केसीले पाए टिकट

५ माघ, काठमाडौं । नेपाली कांग्रेसले नुवाकोट क्षेत्र नम्बर २ मा जगदीश्वरनरसिंह केसीलाई उम्मेदवार बनाएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ । त्यसअघि राजनीतिक दलहरूले धमाधम उम्मेदवारको टुंगो लगाइरहेका छन् । सोही क्रममा कांग्रेसले नुवाकोट–२ मा केसीलाई उम्मेदवार बनाएको हो ।

क्षेत्र नम्बर १ मा भने कांग्रेसले प्रकाशशरण महतलाई उम्मेदवार बनाएको छ । नुवाकोट–२ मा अघिल्लो निर्वाचनमा अर्जुन नरसिंह केसी निर्वाचित भएका थिए । अर्जुन यसपटक कांग्रेसको समानुपातिक सूचीमा छन् । उनी खस आर्य पुरुषतर्फको एक नम्बरमा छन् ।