कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने, गगनलाई प्रधानमन्त्री घोषणा गर्ने

काठमाडौँ, ८ माघः नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले आज एक विज्ञप्ति जारी गरी बैठक शुक्रबार दिनको १ बजे पार्टी केन्द्रीय कार्यालय बिपीस्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको जानकारी दिए ।

कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकमा भाग लिनका लागि पार्टीका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरेको छ । सो बैठकले आगामी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा गगन थापालाई अगाडी सारेर जाने तयारीमा कांग्रेस छ ।