काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यमा क्रमशः सुधार देखिएको छ । उनलाई शुक्रबार बिहान मष्तिष्कघात भएको थियो । उनको नर्भिक अस्पतालमा उपचार जारी छ । जोशीको आईसीयूूको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । शनिबारको तुलनामा स्वास्थ्यमा निकै सुधार आएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले संचारमाध्यमलाई जानकारी गराएका छन् ।
उनका अनुसार शनिबारभन्दा आइतबार नेता जोशीले दाहिने हात र खुट्टा बढी चलाउन थालेका छन् । जोशीलाई आइतबार बिहानदेखि नै बेहोस् पार्ने औषधि दिन छाडिएको छ । आँखा भने अझै नखुलेको चिकित्सकको भनाई छ । आइतबार समेत जोशीको सिटी स्क्यान पनि गरिएको थियो । उनको टाउकोमा जमेको रगत र रक्तमिश्रित पानी सफा भइसकेको चिकित्सकले जनाएका छन् । यद्दपी स्वास्थ्य अवस्था खतरामुक्त समेत नरहेको झाले बताए ।