काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्ने क्रम जारी छ । काठमाडौंमा शनिबार यो सिजनकै सबैभन्दा कम तापक्रम मापन भएको छ । काठमाडौंमा शनिबार न्यूनतम तापक्रम ३.३ डिग्री मापन भएको छ । शुक्रबार ३ दशमलव ४ डिग्री सेल्सियस मापन भएको थियो । न्यूनतम तामक्रम घट्दो क्रममा रहेको र चिसो अझै बढ्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार काठमाडौंको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसबीच रहने छ । अहिले देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । तर दिउँसो भने देशभर घाम लाग्ने सम्भावना छ । पहाडी र हिमाली क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुने र उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना रह्ेको समेत जनाइएको छ ।