काठमाडौं । निजी लगानीको दूरसञ्चार कम्पनी एनसेलमा आक्रमण हुने क्रम अझै रोकिएको छैन । राजधानी काठमाडौं मै एनसेलका दुईवटा टावरमा आगजनी भएको छ ।
काठमाडौंको दक्षिणकाली नगरपालिका, ८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा सोमबार राति आगजनी भएको प्रहरीले जनाएको छ ।
आगजनीका कारण टावरमा पुगेको क्षतिले सेवा सेवा अवरुद्ध भएको कम्पनीले जानकारी दिएको छ ।
आक्रमणमा कसको हात थियो भन्ने पुष्टी नभएपछि यसअघि पटक पटक विल्लव समूहले आक्रमण गर्दै आएको छ ।
यसैबीच, नेपाल दूरसंचार प्राधिकरणले मोबाइल टावरमा आक्रमण गर्दा अत्यावश्यकीय सेवा प्रभावित भएको भन्दै त्यस्तो गतिविधि रोक्न आग्रह गरेको छ ।
प्राधिकरणले दूरसञ्चार सेवा अत्यावश्यक सेवाका रूपमा स्थापित भइसकेको भन्दै सेवा अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर आमनेपाली उपभोक्तामा पर्ने भन्दै त्यसो नगर्न आग्रह गरेको हो ।