काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी (राजन)ले विजयको ह्याट्रिक गरेका छन् । उनी लगातार तेस्रो पटक यस क्षेत्रबाट सांसद बनेका हुन् । उनी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए । यसपटक उनी १४ हजार ४५८ मतसहित विजयी भए ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिमेस केसीले ११ हजार ७८६ मत पाए । रास्वपाका प्रदीप विष्टले ८ हजार ७३६ र माओवादी केन्द्रकी अन्जना विशंखेले ५ हजार २६२ मत पाए । २०७० सालमा उनले माओवादीका अध्यक्ष प्रचण्डलाई यसै क्षेत्रमा हराएर चर्चामा आएका थिए ।