काठमाडौँ पूर्वि भेगका २२ वटा लायन्स क्लबहरुले संयुक्तरुपमा सेवाका कार्यक्रम गर्दै

अमृता के सि (रोनी)

काठमाडौँ, असार १०। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतका करिब २२ वटा क्लबहरुले संयुक्तरुपमा सेवाका कार्यक्रम गर्दै लायन्स सप्ताह मनाउने भएका छन् ।

लायन्स क्लब ३२५ ए १ को मंगलबार मामाघर रिसोर्टमा बसेको बैठको निर्णय अनुसार लायन्स वर्षको आरम्भ भएको दिन जुलाई १ तारिख देखि ७ जुलाई सम्म लायन्स सप्ताह मनाउने भएको हो ।
आगामी असार ११ गते हुने क्याबिनेट बैठकमा सहभागी हुने, संयुक्त प्रोजेक्ट प्लान बनाउने र स्थानीय सरकारसंग सहकार्य गरी अघि बढ्ने बिषयमा समेत बैठकले निर्णय गरेको छ ।
लायन वर्ष २०२१/२२ को जुलाई १ देखि ७ सम्म सातै दिन सेवाका कार्यक्रमहरु गर्ने जानकारी जिएमटि डिस्ट्रिक कोर्डिनेटर धर्म शरण श्रेष्ठले विश्व न्युजलाई जानकारी गराए। क्लबहरुले संयुक्तरुपमा गर्ने कार्यक्रमहरुमा लायन्स फुड बैंकबाट खाद्यान्न वितरण, रक्तदान, वृक्षारोपण र जनचेतनामूलक लगायतका रहेका छन् ।

कार्यक्रममा टिम एरिया लिडर लायन श्रीधर भण्डारीले सम्पूर्ण लायन लिडर र सदस्यहरुलाई फुटेर होइन जुटेर एकैसाथ लायनिजमको यात्रामा अघि बढ्न र लायन्स सप्ताह मनाउन अनुरोध समेत गरेका छन् ।