काठमाडौं । काभ्रेको तेमाल गाउँपालिका-३ स्थित कुँडालमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा परी तेमाल गाउँपालिका-१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए ।
चुस्त व्यवस्थापनमा चुकेपछि धादिङ र काभ्रेका सीडीओ फेरिए
धादिङबाट बिवाहको जन्ती पुर्याएर फर्किने क्रममा ना ४ ख ८८१७ खाली बस ट्रनिङमा व्याक गर्ने क्रममा बिहीबार बिहान ५ स् ४० बजे सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो । दुर्घटनामा परी बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक घलेले बताए ।