२ माघ, काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएको छ। आयोगले गगन थापा पक्षलाई वैधानिकता प्रदान गर्नुका प्रमुख तीन आधार देखाएको छ । आयोगका अनुसार ४० प्रतिशतले महाधिवेशन माग गर्न पाउने र त्यो माग अनुसार महाधिवेशन आयोजना गर्नुपर्ने बाध्यात्मक व्यवस्थालाई एक आधार मानिएको छ ।
विधानतः महाधिवेशन प्रतिनिधि नै सर्वोच्च प्रतिनिधिका रुपमा रहने विषयलाई समेत आधार मानिएको छ । विशेष महाधिवेशन माग गरेको विषयमा कसैको विमति नदेखिएको समेत आयोगको ठहर छ ।