काठमाडौं । प्रधानमन्त्रीमा तेस्रो पटक निर्वाचित भएका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गोदावरीस्थित ३ हजार सीट क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन गरे । काम नसकिँदै आयोजना उद्घाटनको दौडमा लागेका उनको यसै पनि आलोचना भइरहेको थियो ।

शनिबार दिल्लीको प्रख्यात रामलीला मैदानमा दिल्ली राज्य सरकारले १५ दिनमै ५ सय आईसीयू बेडको उपचार केन्द्र निर्माण गरेको समाचार सार्वजनिक भयो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीट गर्दै यसको जानकारी गराए ।
यससँगै नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना शुरु भएको छ । उनले शनिबार कोरोना महामारीमा अहिले पनि बेडको अभाव नभएको भन्दै हल्का टिप्पणी गरेका छन् । उनको यो अभिव्यक्तिको जनतस्तरबाट भने आलोचना भइरहेको छ । उता, केजरीवालले संचालनमा ल्याएको अस्पतालको २५० बेड शनिबारदेखि सूचारु भएको छ ।
सोमबारबाट २५० बेड समेत सञ्चालन हुने भएको छ । केजरीवालले युद्धस्तरमा २४ सै घण्टा काम गरेर १५ दिनमै ५ सय आईसीयू बेडको अस्पताल निर्माण गर्न सफल भएकोमा कामदार, इन्जिनियर र डाक्टरहरुलाई सलाम गरेका छन् ।

उनको सक्रियताका कारण अहिले दिल्लीमा कोरोनाको संक्रमण र मृत्युदरमा उल्लेख्य कमी आएको छ । अक्सिजनको व्यवस्थापनमा समेत दिल्ली र मुम्बई सफल राज्य बन्न सफल भएका छन् । दिल्लीको जनसंख्या नेपालको पुरै जनसंख्या बराबर रहेको छ ।