कैलालीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

सांकेतिक तस्वीर : source from DNA

कैलाली । कैलालीमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार विङ्गर र अटो रिक्सा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । शुुक्रबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तरत कैलालीको गौरीगंगा नगरपालिका ४ राजीपुुरमा पूर्वतर्फ गइरहेको म१ज ३१९ नम्बरको विङ्गर र विपरीत दिशाबाट आइरहेको से१ह २५१० नम्बरको अटो रिक्सा ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीको भनाई छ ।

दुुर्घटनामा अटोमा सवार घोडाघोडी नगरपालिका ९ का २४ वर्षीय युुवराज चौधरी, २६ वर्षीय भीगम चौधरी र १९ वर्षीय जितेन्द्र चौधरीको ज्यान गएको छ । दुुर्घटनामा घोडाघोडी नगरपालिका९ कै २३ वर्षीय दीपेन्द्र चौधरी, २२ वर्षीय सुरेन्द्र चौधरी, २९ वर्षीय हरी चौधरी, १९ वर्षीय आशन चौधरी र कञ्चनपुरको वेदकोट नगरपालिक १० दैजीका २५ वर्षीय धने रावल घाइते भएका छन् । उनीहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार जारी छ । विङ्गरका चालक फरार छन् ।