के कांग्रेसले पनि प्रचण्डलाई दिँदैछ विश्वासको मत ?

काठमाडौं । दुई ध्रुवमा बाँडिएका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री प्रचण्डबीच सोमबार भेटवार्ता भएको छ । सभापति देउवाको निवास धुम्बाराहीमा दुई नेताबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्डले मंगलबार विश्वासको मत लिँदैछन् । उनले कांग्रेससँग समेत विश्वासको मत मागेको स्रोतले जनाएको छ । कांग्रेस सभापति देउवाले यसबारे पार्टीमा छलफल गरेर निर्णय लिने बताएका छन् ।

देउवा प्रचण्डलाई विश्वासको मत दिन सकारात्मक देखिएको समेत बताइएको छ । यसअघि देउवा र प्रचण्डबीच गठबन्धन थियो । तर, देउवाले शुरुमा प्रधानमन्त्रीको दावि नछाडेपछि प्रचण्डले कम्युनिष्ट पार्टी र नयाँ पार्टीहरुसँगको गठबन्धनबाट सरकार बनाएका छन् । सरकारले मंगलबार संसदमा विश्वासको मत लिँदैछ । त्यसको पूर्वसन्ध्यामा भएको देउवा र प्रचण्डबीचको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।