कैलालीका पाँच वटै क्षेत्रमा रास्वपा विजयी

प्रतिनिधिसभा सदस्य– २०८२ मा कैलाली निर्वाचन क्षेत्र नं ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खेमराज कोइराला निवार्चित भएपछि आइतबार निर्वाचन अधिकृत हरिप्रसाद आचार्यबाट प्रमाणपत्र ग्रहण गर्नुहुँदै। तस्बिरः तिलकराज आझारासस

सुदूरपश्चिम, २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्र्तगत कैलालीको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा मतगणनाको अन्तिम नतिजा सार्वजनिक गरिएको छ । निर्वाचन क्षेत्र नं ४मा रास्वपाका उम्मेदवार खेमराज कोइराला २८ हजार ५५६ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोरखबहादुर विष्टले ११ हजार ३०१ मत प्राप्त गरे ।


निर्वाचन अधिकृत हरिप्रसाद आचार्यका अनुसार यो क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लेखराज भट्टले नौ हजार ४४४ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का हरिराम चौधरीले पाँच हजार ६०९ मत प्राप्त गरे । आजै सार्वजनिक गरिएको मतपरिणाम अनुसार निर्वाचन क्षेत्र नं २ मा रास्वपाका केपी खनाल १९ हजार ५७ मतसहित निर्वाचित भए ।

शनिबार निर्वाचन क्षेत्र नं १, ३ र ५ को मतगणनाको आन्तिम नतिजा सार्वजनिक गरिएको थियो । क्षेत्र नं १ मा रास्पपाका कोमल ज्ञवाली १७ हजार ८२६, क्षेत्र नं ३ मा रास्वपाका जगतप्रसाद जोशी १९ हजार ८९३ र क्षेत्र नं ५ मा पनि रास्वपाका आनन्दबहादुर चन्द ३१ हजार ९५३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।