कोरोनाका कारण पूर्वराजदूत लामाको निधन

काठमाडौं । सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत बनेका कमानसिंह लामाको कोरोना भाइरसका कारण निधन भएको छ । उनी अहिले सत्तारुढ नेकपाका केन्द्रीय सदस्य थिए ।

कोरोना संक्रमण देखिएपछि दुई साता अघि उनी महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना भएका थिए । पारिवारिक स्रोतका अनुसार उनको बुधबार राती ११ बजे निधन भएको हो । उनलाई १४ दिनअघि कोरोना संक्रमण भएको थियो ।

लामा ०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चा, नेपालको तर्फबाट काभ्रेबाट सांसदमा बिजयी भएका थिए। उनमा प्रेसर, सुगरको समस्या रहेको बताइएको छ । पछिल्लो समय मृगौलाको समस्यासँग समेत उनी जुधिरहेका थिए । उनको अन्येष्टीको व्यवस्थापन सेनाले गर्नेछ ।