न्युयोर्क
क्यालिफोर्नियास्थित एउटा औषधी उत्पादक कम्पनी गिलिएड साईन्सले कोरोना संक्रमितको उपचारको लागि बजारमा आउँदै गरेको औषधी ‘रेमडिसिभिर’ को मुल्य सार्वजनिक गरेको छ । कोभिड -१९ उपचारको एण्टी भाईरल ‘रेमिडिसिभर’ को मुल्य अमेरिकी प्राईभेट ईन्स्योरेन्स बाहक बिरामीको लागि प्रति डोज ५ सय २० अमेरिकी डलर र अमेरिकी सरकारको ईन्स्योरेस बाहकको लागि केही सस्तो ३ सय ९० डलर पर्ने कम्पनीले बताएको छ ।
कम्पनीले सोमबार सार्वजनिक गरेको औषधीको मुल्यको आधारमा प्राईभेट बीमा भएका बिरामीलाई पुरा डोजको ३ हजार १ सय २० र सरकारी ईन्स्योरेन्सको हकमा २ हजार ३ सय ४० अमेरिकी डलर मुल्य पर्नेछ ।
हालसम्म बजारमा कोभिड -१९ उपचारको लागि एफडिएले मान्यता दिएको औषधी उपलब्ध नभएको अवस्थामा रेमिडिसिभर मात्र त्यस्तो एण्टी भाईइरल औषधीको हो, जस्ले मानव शरीरमा गरिएको परिक्षणमा सफलता पाएको छ । गिलिएड सायन्सका सिईओ तथा अध्यक्ष ड्यनियल ओडेले खुला पत्रमा लेखेका छँन्; ‘यस्तो महामारीको समयमा कसरी औषधीको मुल्य निर्धारण गर्ने कुनै निर्देशिका छैन । कम्पनीले यस्को बास्तबिक मुल्य भन्दा कम राख्ने निर्णय गरेको छ” ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले ५ लाख डोज रेमडिसिभिर औषधीलाई आगामी सेप्टेम्बरसम्म अमेरिकाका अस्पतालमा पुर्याउन छुट्याई सकेको युएस हेल्थ एण्ड ह्युमन सर्भिस सेक्रेटरी एलेक्स अजरले सोमबार घोषणा गरेका छन् । सेक्रेटरी एलेक्सले भनेका छन्; “अहिले संघीय सरकारले औषधी वास्तबमै खाँचो परेको राज्यहरुको अस्पातलमा पुर्याउने बिषयमा काम भै रहेको छ” । अलेक्सले सोमबार एबिसि न्युजको गूड मर्निङ अमेरिकामा औषधीको बारेमा भनेका हुन्।
रेमडिसिभिरलाई सुरुमा गिलिएडले ईबोलाको उपचारको लागि उत्पादन गरेको थियो । गत मेई महिनामा एफडिएले अस्पताल भर्ना भएका बिरामीलाई आकस्मिकरुपमा उक्त औषधी प्रयोग गर्न स्वीकृति दिएको थियो ।