न्युयोर्क
कोरोनाभाइरस बिरुद्धका भ्याक्सिनहरुको लगातार सकारात्मक समाचार आउने क्रम जारी छ । यिनै समाचारहरु माझ अघिल्लो हप्ता अमेरिकी कम्पनी फाईजर र जर्मन कम्पनी बायो एन्ड टेकले सँयुक्त रुपमा निर्माण गरेको भ्याक्सिनले ९० प्रतिशत काम गर्ने घोषणा गरेको भ्याक्सिनले तेश्रो चरणको परिक्षणपछि ९५ प्रतिशत सफल हुने दाबी गरेको छ । कम्पनीले बुधवार एक बिज्ञप्ति जारी गर्दै आउँदै गरेको भ्याक्सिन सँक्रमण नियन्त्रणमा ९५ प्रतिशत प्रभावकारी हुने र बृद्धावस्थाका मानिसहरुलाई समेत निकै प्रभावकारी हुने बताएको छ ।
भ्याक्सिन निर्माण कम्पनी फाईजर, जस्ले बायो एण्ड टेक नामक जर्मन कम्पनीसँगको सहकार्यमा भ्याक्सिन निर्माण गरेको छ उस्ले आकस्मिक स्विकृतिको लागि केही दिन भित्र नै फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनमा स्विकृतिको लागि निबेदन दिने जनाएको छ । भ्याक्सिनको सफलतापछि कम्पनीका प्रमुख कार्यकारी डा अल्बर्ट बौर्लाले भनेका छन्; संसारलाई ठुलो क्षति पुर्याएको महामारीको अन्त्यको लागि ८ महिनाको यो यात्रा एतिहासिक साबित भएको छ ।
यदि अमेरिकास्थित फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले दुई डोज वाला उक्त भ्याक्सिनलाई मान्यता दिएको अवस्थामा यो बर्षको अन्त्यसम्म कम्पनीले ५ करोड डोज भ्याक्सिन तयार पार्ने छ । सन् २०२१ को अन्त्यसम्म कम्पनीले एक अर्ब ३० करोड डोज भ्याक्सिन तयार पार्नेछ । अमेरिकामा भने उत्पादिन भ्याक्सिनको आधा मात्र दिइने छ । अमेरिकाको जनसंख्या ३३ करोड छ । अमेरिकनहरुले कोरोना बिरुद्धको उक्त भ्याक्सिन निशुल्क प्राप्त गर्ने न्युयोर्क टाईम्सले जनाएको छ । गत बर्ष डिसेम्बरमा चीनमा भेटिएको भाईरसले १३ लाख ४१ हजार मानिसको विश्व भर मृत्यु भै सकेको छ ।