न्युयोर्क
ईटाली अर्को हप्तादेखि खुल्दै –
कुनै समय कोरोना महामारीको एपिसेन्टर बनेको ईटाली आगामी हप्ता मे १८ तारिखदेखि खुल्ने तरखरमा छ । अब ईटालीमा रेस्टुरेन्ट, बार, ब्युटी पार्लरहरु १८ तारिखदेखि खुल्ने छन् । ईटालीमा मंगलवारसम्म २ लाख १९ हजार ८ सय १४ संक्रमित र ३० हजार ७ सय ३९ को मृत्यु भएको छ ।
रसियाले कोरोना संक्रमित संख्यामा बेलायत र स्पेनलाई जित्यो –
पछिल्लो २४ घण्टामा १० हजार ८ सय ९९ जना संक्रमित भेटिए पछि रसियाले संक्रमितको संख्यामा बेलायतलाई जितेको छ । रसिया अहिले बेलायत र स्पेन भन्दा माथि पुगेर कोरोना संक्रमणमा विश्वमा दोश्रो भएको छ । जोन हप्किन्स युभर्सिटीको ताजा आँकडा अनुसार रसियामा २ लाख ३२ हजार २ सय ४३ संक्रमित पुगेका छन् भने २ हजार १ सय १६ को कोभिड -१९ ले मृत्यु भएको छ ।
युनाइटेड किङ्डममा मृतकको संख्या ४० हजार नाघ्यो-
युकेस्थित नेशनल स्ट्यटिक्सको कार्यालयका अनुसार बेलायत र वेल्सको संयुक्त मृतक संख्या ३५ हजार ४४ जना पुगेको छ । स्कट्ल्यान्ड र उत्तरी आयरल्याण्डमा समेत गरेर युनाइटेड किङ्डममा मृतकको संख्या ४० हजार ४ सय ९६ पुगेको छ ।
स्पेनमा बिदेशबाट जाने सबैलाई दुई हप्ता क्वेरन्टाईनमा राखिने घोषणा –
मे १५ तारिख शुक्रबारदेखि बिदेशबाट स्पेन भित्रिने हरेक मानिस क्वेरन्टाईनमा बस्नै पर्ने बाध्यकारी ब्यबस्था स्पेन सरकारले घोषणा गरेको छ । स्पेन जाने हरेक मानिस २ हप्ता आफ्नै घर भित्र क्वेरन्टिनमा बस्नु पर्ने छ भने ग्रोसरी लगायतको लागि बिशेष ब्यबस्था गरिने जनाईएको छ ।
दक्षिण कोरियामा नाईट क्लब जानेहरुलाई डिजिटल माध्यमबाट खोजी गरिदै –
पहिलो चरणमा कोरोना संक्रमणलाई सफलता पूर्वक नियन्त्रणमा लिएको दक्षिण कोरियामा पुन: कोरोना संक्रमण बल्झिए पछि सरकारले नाईट क्लब जानेहरुलाई फोन डाटा, क्रेडिट कार्ड, स्टेटमेन्ट र सि सि टि भि फुटेज मार्फत क्लब जानेहरु खोज्न थालेको छ । पछिल्लो समय १०० जना एक्कै पल्ट नाईट क्लब जानेहरु संक्रमित भेटिए पछि सरकारले यो माध्यमबाट सम्भाबित संक्रमित खोज्न थालेको हो ।
विश्व स्वास्थ संगठनको अति नै सचेत रहन आग्रह –
एसिया र युरोपका कतिपय मुलुक पुन: सुचारु गर्ने तयारीमा भएको अवस्थामा कोरोनाको दोश्रो पटकको छालदेखि बच्न्न विश्व स्वास्थ सँगठनले सम्बन्धित देशहरुलाई अति नै सचेत भएर देश पुन: सुचारु गर्न अनुरोध गरेको छ ।
भारतमा दशकौं पछि पहिलो पटक प्रदुषणमा कमी –
कोरोना महामारीले लामो समय देश लकडाउन गरेको कारण भारतको बातावरणमा दशकौं पछि पहिलो पटक कार्बन डाईअक्साईड उत्सर्जनमा ब्यापक कमी आएको जनाईएको छ ।
अमेरिकी राष्ट्रपति र उप-रास्ट्रपतिलाई केही समय एक अर्काबाट टाढा राखिदै –
ह्वाईट हाऊसस्थित दुई कर्मचारीमा कोरोना संक्रमण देखिए पछि केही समयको लागि राष्ट्रपति र उपरास्ट्रपतिलाई एक अर्काको नजिक जान नदिने ट्रम्प प्रशासनको कर्मचारीले संचार माध्यमलाई बाताएका छन् । एउटै कोठामा पनि राष्ट्रपति र उपरास्ट्रपतिलाई सामाजिक दुरी कायम गरेर राखिने जनाईएको छ ।
यससँगै; हालसम्म विश्वमा कुल ४२ लाख १५ हजार ५ सय १४ मानिसमा संक्रमण देखिएको छ भने २ लाख ८७ हजार ८ सय ९ को मृत्यु भइसकेको छ ।
प्राप्त पछिल्लो जानकारी अनुसार अमेरिकामा १३ लाख ५१ हजार २ सय ४८ जना संक्रमित र ८० हजार ९ सयको मृत्यु भएको छ ।