न्युयोर्क
कोरोना महामारीको प्रकोप लगातार बढीरहेको अमेरिकामा प्रबासी नेपालीको लागि काम गर्दै आएको प्रवासी नेपाली एकता मञ्चले न्युयोर्क र टेक्सासको डालासमा एकै दिन बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । दुइ राज्यमा भएको रक्तदान कार्यक्रममा न्युयोर्कमा ९१ जनाले रक्तदान गरेका थिए । न्युयोर्क कुईन्सस्थित सत्यनारायण मन्दिरमा रक्तदानको लागि १ सय ३७ जनाले ईच्छा देखाए पनि ९१ जना मात्र रक्तदानको लागि योग्य भएका थिए । टेक्सासमा भने जारी लकडाउनको प्रभाबका कारण १७ जना मात्र रक्तदान गर्न सफल भएका थिए ।
संस्थाका केन्द्रीय सदश्यद्वय कृष्ण आचार्य र सुशील क्षेत्रीले क्रमश न्युयोर्क र टेक्सासको रक्तदान कार्यक्रमको संयोजन गरेका थिए ।दुबै राज्यमा सम्पन्न रक्तदान कार्यक्रममा स्थानीय नेपाली संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभाहिता रहेको कार्यक्रममा न्युयोर्कमा संस्थाका अध्यक्ष टेक गुरुङ, महासचिव शंकर पन्तको उपस्थिति थियो भने टेक्सासमा सँस्थाको तर्फबाट भिम कार्की, युबराज खनालको उपस्थिती थियो ।
न्युयोर्कको रक्तदान कार्यक्रममा न्युयोर्क राज्यसभा सदस्य क्याटलिना क्रुज सहभाहि भएकी थिईन । अमेरिकामा कोरोना महामारी सुरु भए यता नेपाली समुदायले गरेको सम्भवत पहिलो रक्तदान कार्यक्रमको हो । अहिले अमेरिकाका अस्पतालहरुमा रगतको अभाब भै रहेको छ ।