काठमाडौं । अस्ट्रेलियामा कोरोना भाइरसको संक्रमणका कारण एक व्यक्तिको ज्यान गएको छ । अस्ट्रेलियामा पहिलो पटक यस रोगका कारण ज्यान गएको हो ।
पर्थस्थित सर चार्ल्स ग्राइड्नर अस्पतालमा उपचारका क्रममा ७५ वर्षिय एक वृद्धको ज्यान गएको संचारमाध्यमले पुष्टी गरेका छन् ।
उनको आसियूमा राखेर उपचार भइरहेको थियो । आइतबार बिहान उनको ज्यान गएको हो । उनी डायमन्ड प्रिन्सेन क्रुजसिपका यात्रु थिए ।
जहाँ उनी आफ्नो पत्नीसँगै यात्रामा थिए । सोही क्रुजसीपमा उनीमाथि संक्रमण फैलिएको थियो ।
उनकी पत्नीमा पनि कोरोनाभाइरसको संक्रमण भएको छ । उनको उपचार भइरहेको छ ।
चिकित्सकहरुका अनुसार मृत्युअघि ति व्यक्तिलाई श्रीमतीसँग कुराकानी गर्ने अवसर दिइएको थियो ।
अष्ट्रेलियामा कोरोनाको संक्रमणबाट पहिलो पटक व्यक्तिको ज्यान गएपनि महामारीको रुप लिइहाल्ने अवस्था भने नरहेको बताइएको छ ।
अष्ट्रेलिया भित्र कोरोना नफैलिएको र पानीजहाजबाट सरेका व्यक्तिको मात्र ज्यान गएका कारण डराउनु पर्ने अवस्था नरहेको सरकारी अधिकारीहरुले बताएका छन् ।