न्यूयोर्क
चीनको उहान शहरबाट गत डिसेम्बर महिनाको अन्तमा शुरु भएको कोरोना भाइरसको प्रकोप अमेरिकामा बढ्दै गएको छ । चीनबाट शुरु भएको कोरोनाको संक्रमण अमेरिकामा पहिलो पटक गत जनवरी महिनामा वासिङ्टन स्टेटमा एक संक्रमित ब्यक्तीमा भेटिएको थियो । हाल यस्को संक्रमण अमेरिकाको ४९ राज्य पुरेटोरिको यु एस भर्जिन आइल्यान्ड र डिष्ट्रिक्ट अफ कोलम्बिया समेतमा फैलिएर दुई हजार ४ सय ३० ब्यक्ती संक्रमित भएको सरकारी आँकडा छ । शनिबार मार्च १४ सम्म अमेरिकामा कम्तिमा ५० को मृत्यु भै सकेको छ ।
मृत्यु भएका ५० मध्ये सबै भन्दा धेरै वासिङ्टन राज्यमा ३७ क्यालिफोर्नियामा ५, फ्लोरिडा र न्यूयोर्कमा २/२, कोलोराडो जर्जिया कान्सस न्युजर्सी साउथ डकोटामा १ – १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भै सकेको छ । यद्यपी कोरोना संक्रमितहरुको सरकारी तथ्यांक २४ सय ३० भए पनि परिक्षण गर्ने किटको अभाब भएको कारण थुप्रै संक्रमित परिक्षणको पर्खाईमा बसेको अनुमान गरिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा गरी सकेका छन् भने राज्य सरकारहरु संक्रमणको रोकथामको लागि खटीरहेका छन् । अधिकांस राज्यहरुको बिद्यालय बन्द गरिएको छ भने ठुलो जनसंख्या भएको न्युयोर्क राज्यको बिद्यालयहरु बन्द गरिएको छैन । कतिपय राज्यहरुले विद्यार्थीहरुलाई घरमा राखेर अनलाईन पढाउने ब्यबस्था गरेका छन् । सामान संचय गर्नेहरुको संख्या बढेपछि दैनिक उपभोग्य बस्तुहरुको अभाब हुन थालएको छ । दैनिक उपभोग्य बिक्रीगर्ने ठुला स्टोरहरुमा हजारौको लाइन हुन थालएको छ । मानिसहरुमा त्रास बढेको छ ।
अमेरिकामा हालसम्मको अवस्था यस्तो छ;