काठमाडौं । विश्व स्वास्थय संगठन (डब्यूएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।
चीनबाट फैलिएको कोरोनाले विश्वव्यापी रुपमा प्रभाव फैलाउन थालेसँगै विश्वव्यापी स्वास्थ्य आपतकाल निम्त्याएको डब्लूएचओको भनाई छ ।
खासगरी चीन र चीन बाहिर यस रोगले पार्न थालेको प्रभावलाई दृष्टिकोण गरी आपतकाल घोषणा गर्नुपरेको डब्लूएचओका प्रमुख टेड्रोस एड्हानोमले बताएका छन् ।
उनका अनुसार बिभिन्न भाइरसका संक्रमणले विश्वव्यापी संकट निम्ताएको निष्कर्षमा डम्बलुएचओ पुगेको हो ।
डब्लूएचओले कोरोना भाइरसबाट विश्व समुदाय सतर्क रहनु पर्नेमा समेत सचेत गराएको छ ।
खासगरी कमजोर स्वास्थ्य प्रणाली रहेका मुलुकमा कोरोना भाइरसले छिटो आक्रमण गर्न सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार कोरोना संक्रमणबाट चीनमा मात्र २१३ जनाले ज्यान गुमाइसकेका छन् चीनसहित १८ मुलुकमो यसको संक्रमण भेटएको छ । चीन बाहिर भने मानिसको ज्यान गएको छैन ।