न्युयोर्क
चीनबाट सुरु भएको कोरोना भाइरसको प्रकोप विश्वभर महामारीको रुपमा फैंलिदा हालसम्म तीन लाख २० हजार मानिस संक्रमित भइसकेका छन् भने १४ हजार मानिसले ज्यान गुमाई सकेका छन् । यो बीचमा संक्रमित मध्ये ९६ हजारले स्वास्थ्यलाभ पनि गरेका छन् । यतिबेला विश्वभर नाम चलेका प्रयोगशालामा बैज्ञानिक तथा चिकित्सकहरु दिन रात भ्याक्सिन तथा औषधि तयार गर्न लागि परेका छन् । आजको दिनसम्म न उपचार पद्धती न भ्याक्सिन नै टुङोमा पुगेको छ । विश्वभरका शक्तिशाली देशहरु यो महामारी बिरुद्ध संघर्ष गरिरहेका छन् । यस्तै अन्योलका बीच पनि कोरोना भाइरस बिरुद्ध केही आशा भने जगाएको छ । कोरोना संक्रमणबाट स्वास्थ्यलाभ गरेका मानिसको रगत नै अहिलेको अनुसन्धानको मुख्य साँचो हुन पुगेको छ भने स्वास्थलाभ गरेका मानिसको रगतको प्रयोग मात्र कोभिड -१९ को उपचार साधन हुन पुगेको बैज्ञाननिकहरु बताउन थालेका छन् । स्वास्थ्यलाभ गरेका मानिसको रगत मार्फत कसरी प्रतिरोध क्षमताले काम गर्छ भन्ने पत्ता लगाउन बैज्ञाननिकहरुलाई सहयोग पुग्ने र उपचार बिधि समेत त्यस्ता मानिसको रगतबाट पत्ता लगाउन मद्दत पुग्ने बैज्ञाननिकहरुले बताएका छन् ।
यसै प्रसंगमा यो हप्ता नेसनल इन्स्टिचुट अफ एलर्जी तथा इन्फेक्टिस् डिजिज अन्तर्गतका भ्याक्सिन रिसर्च सेन्टरले कोभिड -१९ रोगलाई जितेर ठीक भएका मनिसहरुबाट रक्तदान आह्वान समेत गरेको छ । एफ डि एले पनि स्वास्थलाभ गरेको मानिसका रगत प्रयोग गरी कोभिड -१९ को उपचार गर्ने पद्धतीको लागि काम गरिरहेको बताएको छ । उक्त प्रयोगको पुष्टी ह्वाईट् हाऊस ब्रिफिङमा कमिस्नर स्टेफेस हानले गरेका छन् ।
झन्डै १०० बर्ष अगाडिको स्प्यानिस फ्लु पोलियो र दादुराको महामारीमा समेत प्रयोग गरिएको यो उपचार पद्धती नै अर्को बिकल्प तयार नहुँदासम्म प्रयोगमा ल्याउनु पर्ने जोन हप्किन्स युभर्सिटीका अनुसन्धानकर्ता डा. अर्टुरो कसाडेभलले बताउँदै आएका छन् । डा. कसाडेभलले संचारमाध्यमहरुलाई बताएका छन्; “ठ्याकै अहिले जस्तो अवस्था बिसौं सताब्दीको सुरु तिर पनि भएको थियो । स्प्यानिस फ्लु पोलियो र दादुराको महामारी सुरु हुँदा न भ्याक्सिन थियो न उपचारको औषधि ? त्यो परिस्थितीमा पनि ठीक भएका बिरामीको रगत प्रयोग गर्ने बिधि ‘सम्भोग सिरम’ पद्धती नै तत्काल प्रयोगमा ल्याएर थुप्रै ज्यान बचाइएको थियो” ।