काठमाडौं । ओमानमा रहेका गैरआवासीय नेपालीले नेपालका लागि सहयोगस्वरुप जम्मा गरेको अक्सिजन सिलिण्डर लिन नेपाल एयरलाइन्सको जहाज त्यसतर्फ जाने भएको छ । गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्तहुने करिव ६०० थान अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान शनिबार त्यसतर्फ जान लागेको हो ।
शनिबार ओमानको राजधानी मस्कट सिलिण्डर लिन विमान जान लागेको नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलले बताएका छन् । उनका अनुसार ओमानबाट फर्केर सोहीदिन जहाज चीनको बेईजिङमा संकलिक करिब ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिन्डर र अन्य चिकित्सा सामग्री लिन जानेछ । त्यसपछि हरेक दिन ५५० थान सिलिन्डर उत्पादन हुने र जहाजले सिलिण्डर ल्याउने छ ।