गैरआवासीय नेपालीले सहयोग गरेका सिलिण्डर लिन मस्कट उड्यो जहाज

File Photo

काठमाडौं । गैरआवासीय नेपालीले ओमानको मस्कटमा जम्मा गरेका ६ सय थान अक्सिजन सिलिण्डर लिन नेपाल एयरलाइन्सको जहाज मस्कट उडेको छ । गैर आवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप यी सिलिण्डर नेपाललाई प्राप्त हुन लागेको हो । अक्सिजनको अभावमा नेपालमा अकालमा मानिसहरुको ज्यान जान थालेसँगै विश्वभरबाट नेपालीहरुले सहयोगको चासो देखाएका छन् ।

सोहीक्रममा आज ओमानबाट सिलिण्डर आउन लागेको हो । यसअघि शुक्रबार थाइल्याण्डबाट थाई सरकार र गैरआवासीय नेपालीको सहयागमा केही मेडिकल सामग्री नेपाल आएको छ । ती सामग्री श्री एयरलाइन्सको जहाजबाट नेपाल ल्याइएको हो । आज मस्कट उडेको जहाज बेलुकी ६ बजेर ४० मिनेटमा काठमाडौं आउने छ । यो जहाज राति ११ बजे चीनको राजधानी बेइजिङ जाने कार्यक्रम छ ।