नुवाकोट । नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीबाट हराएका दुई युवाको शव पेला परेको छ ।
उनीहरुको शव हिउँले पुरेको अवस्थामा सोमबार फेला परेको हो । उनीहरु गोसाइँकुण्डको पदयात्रामा निस्किएका थिए ।
सिन्धुपाल्चोक जिल्ला मेलम्चीका २१ वर्षीय वाङदेल शेर्पा र काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ का १९ वर्षीय जापान तामाङ ३ माघदेखि हराइरहेका थिए ।
उनीहरु हराएपछि खोजीमा टोली खटिएको थियो । गाउँपालिकाले नै उनीहरुको खोजीका लागि टोली खटाएको थियो ।
दुप्चेश्वर गाउँपालिकाको फेदीको खोँचमा हिउँले पुरिएको अवस्थामा उनीहरुको शव मिलेको हो ।
गाउँपालिकाका अनुसार ४० मिटरको फरकमा दुबै जनाको शव फेला परेको थियो ।
दुई युवा गोसाइकुण्ड क्षेत्रको पदयात्रामा १ माघमा सिन्धुपाल्चोकबाट निस्किएका थिए । ३ माघबाट भने हराएका हुन् ।