चावहिलमा युवाबीच झडप, एक जना मारिए

काठमाडौं । काठमाडौं महानगरपालिका ७ स्थित चाबहिल मित्रपार्क ओरालोमा चार जना युवाबीच झडप हुँदा एक जना मारिएका छन् । मृत्यु हुनेको नाम नखुलेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त, गौशालाका अनुसार झगडामा संलग्न गुल्मी घर भई सिफल बस्ने ३८ वर्षीय रुद्रबहादुर केसी र उदयपुरको बेलटार नगरपालिका-७ घर भई चाबहिल बस्दै आएका २८ वर्षीय सुरेश दर्नाल पक्राउ परेका छन् ।

झडपमा संलग्न अर्का एक जना फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘मादक पदार्थ सेवन गरी सामान्य विषयमा विवाद भएको र त्यसले झगडाको रुपम लिएको प्रहरीको भनाई छ । झगडापछि ओरालो बाटोबाट तलतिर झर्दा गम्भीर घाइते भएका ती युवाको नेपाल भारत मैत्री अस्पताल, मित्रपार्कमा उपचारका क्रममा ज्यान गएको हो ।