काठमाडौं । तिहारकाे समय पारेर गैेंडा तस्करले चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मारेको नेपाली संचारमाध्यमले जनाएका छन् । गैंडा तस्करहरूले निकुञ्जको पूर्वी सेक्टर साैराहाकाे प्यारीढाप पाेष्ट नजिकै दुईवटा वयस्क पाेथी गैंडा तस्करले मारेको खबर छ । दुबै गैंडालाई तस्करले खाल्डाेमा पारेर मारि खाग र खुर काटेर लगेको बताइएको छ । घटनाको बारेमा निकुञ्ज प्रशासनले अहिलेसम्म सूचना सार्वजनिक गरेको छैन । गैंडा एक हप्तादेखि १० दिन अगाडि मारेको हुनसक्ने अाशंका गरिएको छ। याे क्षेत्र मानिसहरूकाे चहलपहल तथा सेनाको समेत गस्ती हुने क्षेत्र मानिन्छ । तस्करहरूले पहिले पहिले गैंडा मार्न खाल्डाे बनाउने विधि प्रयाेग गर्थे । खाल्डाे बनाउँदा बन्दुकको अावाजसमेत खासै अाउँदैन। गैंडा पस्ने खाल्डो तस्करले खनिन्जेल निकुञ्जको सुरक्षागस्ती नहुनु तथा सूचनासमेत नअाउनु निकुञ्ज प्रशासनकाे लापरबाही भएको समाचारमा उल्लेख छ ।
चितवन राष्ट्रिय निकुञ्जमा तस्करको निशानामा परे दुई पाेथी गैंडा, खुरका लागि हत्या
