काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको एक प्रतिनिधिमण्डल आज काठमाडौं आइपुगेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वको टोली आज बिहान काठमाडौं आएको हो ।
काठमाडौं उत्रिएसँगै अनौपचारिक रुपमा भेटघाट तिब्र बनाएको यो टोलीले आइतबार साँझ भने राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेट गरेको छ ।
स्रोतका अनुसार टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्नेछ । नेपालमा कम्युनिष्ट पार्टी फूटको निकट पुगेको छ । समानान्तर कमिटिहरु बनिरहेका छन् । यस सन्दर्भमा भएको यस भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यो टोलीले राष्ट्रपतिसँग करीव १ घण्टा कुराकानी गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि यतिबेला कम्यूनिष्ट एकता नै धरापमा परेको छ ।
नेपालमा चीनले कम्यूनिष्ट पार्टीको एकता चाहेको र बदलामा सरकार परिवर्तन गर्न सकिने संकेत गरेको नेताहरुले बताउने गरेका छन् । सोहीकारण यो भेट नेकपाको भविश्वसँग जोडेर समेत हेर्ने गरिएको छ ।
चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएसँगै उता भारतमा समेत सरगर्मी बढेको छ । भारतीय संचारमाध्यमले यस टोलीको भ्रमणको समाचारलाई उच्च प्राथमिकताका साथ प्रशारण गरिरहेका छन् ।