काठमाडौं । नेपाल र भारत सीमा विवाद चलिरहेका बेला चीनले यस विषयमा पहिलो प्रतिक्रिया सार्वजनिक गरेको छ । भारतले दुई साता अघि सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको भूभाग पारिएको थियो ।
यसको चौतर्फी आलोचना भइरहेको छ । कहीकतै नेपालको भूभाग चीनले समेत मिचेको भन्दै समाचार सार्वजनिक हुन थालेपछि चिनियाँ दूतावासले बिहीबार एक विज्ञप्ती जारी गर्दै त्यसको खण्डन गरेको हो ।
चिनियाँ दूतावासका प्रवक्ताको नाममा जारी विज्ञप्तिमा कालापानी क्षेत्रको विवाद नेपाल र भारतले वार्ताका माध्यमबाट समाधान खोज्नु पर्ने उल्लेख छ ।
चीनले नेपालको सम्प्रभुता र भौगोलिक अखण्डताको सधैँ सम्मान गर्ने समेत विज्ञप्तीमा उल्लेख छ ।
संचारमाध्यममा चीनले सीमा मिचेको भनी लगाएको आरोपले दुखी बनाएको समेत दूतावासले उल्लेख गरेको छ । यसले जनताको ध्यान मोड्न गरिएको तथ्यहित प्रयास मात्र भएको चीनको भनाई छ ।