चुनावमा तालमेल गर्ने वा नगर्ने बारे कांग्रेसले आज निर्णय गर्ने

काठमाडौं । आसन्न निर्वाचनमा तालमेल गर्ने वा नगर्ने भन्ने सम्बन्धमा सत्तारुढ दल नेपाली कांग्रेसले आज निर्णय गर्ने भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पार्टीका धेरैजसो नेता चुनावी तालमेलको पक्षमा छन् । उनीहरुको आशंका पुनः कम्यूनिष्ट एक हुन सक्नेतर्फ रहेको छ । गत शुक्रबारदेखि सोमबारसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकमा बोलेका अधिकांश नेताहरूले सत्तारूढ पाँचदलीय गठबन्धनलाई नै चुनावसम्म कायमै राख्नुपर्ने बताएका छन् ।

महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मा भने कांग्रेस एक्लै चुनावमा जानु पर्ने पक्षमा रहेका छन् । चुनावी तालमेलको ढाँचालगायत विषयमा आज अपरान्ह ३ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकले निर्णय गर्ने नेताहरुले बताएका छन् । कांग्रेसले अन्य दलसँग चुनावी तालमेल गरेर जाने सैद्धान्तिक निर्णय गरि पछि कसरी तालमेल गर्ने भन्ने विषय टुंग्याउने तयारी छ । केन्द्रीय कार्यसमितिमा सभापति देउवा पक्षधरको बाहुल्यता छ। सोहीकारण सभापति देउवा चुनावी तालमेलको पक्षमा उभिएको अवस्थामा कांग्रेसले सोही बाटो अपनाउने छ ।