जंगली हात्तिको आक्रमणबाट मकवानपुरमा एक जनाको मृत्यु

File Photo

काठमाडौं । जंगली हात्तीको आक्रमणमा परी मकवानपुरमा पुनः एक जना पुरुषको मृत्यु भएको छ । बकैया गाउँपालिका–५, पावसका ५० वर्षीय जनकलाल माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार राति ९ बजेको समयमा घर नजिकै बाख्रा खोरमा जाँदै गरेका माझी हात्तीको आक्रमणमा परी घाइते भएका थिए । उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए ।


यसअघि गत सोमबार हात्तीको आक्रमणमा परी मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेकी ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको थियो । यसैगरी बुधबार राति हेटौंडा–१८, मानेडाँडामा पनि हात्तीको आक्रमणमा परी ३० वर्षीय देव वाईवा घाइते भएका थिए ।