जब हरेस खाँदै रन्जु दर्शनाले विवेकशील साझा पार्टी त्यागिन्

काठमाडौं । केही दिन अगाडी ग्रिसमा ३५ वर्षिय युवा राष्ट्रपति बनेको खबर खुसीसाट साटेका नेपालीले बिहीबार नेपालमै एक राजनीतिक खबर सुन्न पाए । खबर थियो रन्जु दर्शनाले विवेकशील साझा पार्टी त्यागिन् । सके राजनीतिमा फोहोर सफा गर्छु, नसके फोहोर गर्दिनँ भनेर राजनीतिमा होमिएकी दर्शना अन्ततः यो फोहोर राजनीतिबाट हार मानेकी छिन् । उनले पार्टीको मूल नेतृत्व ढोंगी भएको भन्दै विवेकशील साझा पार्टी नै त्याग गरेकी छिन् ।

रञ्जुले बिहीबार वक्तव्य जारी गरिन् । उनले पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझाबाट अलग भएको घोषणा गरिन् । उनले अब एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीति रुपमा सक्रिय रहने बताएकी छन् ।पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेको भन्दै जुन सफा गर्ने कोशिस गरेपछि पूर्णरुपले सफा गर्न असमर्थ रहेको उनको भनाई छ ।

विवेकशील साझा पार्टीको सचिवालय सदस्य पदमा रहेकी दर्शनाले पार्टी अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेखेर पनि पार्टी परित्याग गरेकी हुन् । पछिल्लो समय मिश्रले राजनी्तिक आन्दोलनबाट प्राप्त परिवर्तन विपरितको एजेन्डा बोकेपछि यो पार्टीबाट युवा जमातले धमाधम पार्टी छाडिरहेको छ ।

उनी २०७० सालमा यो पार्टीमा प्रवेश गरि सक्रिय भएकी हुन् । दर्शना तत्कालीन विवेकशील नेपाली दलको संस्थापक सदस्य हुन् । उनी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवारसमेत बनेकी थिइन् । निर्वाचनमा उनी तेस्रो स्थानमा रहेकी थिइन् ।