झापामा मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका पिपलडाँगीमा गतराति मोटरसाइकल जुध्दा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत मेचीनगर–१२ पिपलडाँगीमा गतराति प्रदेश १–०१–०१४ प ३३५० नम्बरको मोटरसाइकल र प्रदेश १–०१–०१४ प २६७८ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

मोटरसाइकलका चालक कनकाई–४ का ३८ वर्षीय कृष्णप्रसाद सिग्देल र अर्जुनधारा–४ का ४५ वर्षीय विष्णु थापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते रामबहादुर अधिकारीको टाउको, हात र खुट्टामा चोट लागेकाले उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।