झापा–५ : रास्वपा भारी मतान्तरले अग्रता

झापा, २२ फागुन । झापा निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ११ हजार ९४५ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् । आज अपराह्न ५ः३० बजेसम्मको मतगणना अनुसार १८ हजार ९७ मतगणना सम्पन्न गर्दा उनले उक्त मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुई हजार ६९२ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीका समीर तामाङले एक हजार ४४७ मत, नेपाली कम्युनिष्ट पार्टीका रन्जित तामाङले ३५५, नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले ३३५ मत प्राप्त गरेका छन् ।