इस्तानबुल । टर्कीमा शक्तिशाली भूकम्पमा परी कम्तिमा एक दर्जन मानिसको ज्यान गएको छ । टर्कीको पूर्वी क्षेत्रमा केन्द्रविन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको संचारमाध्यमले लेखेका छन् ।
भूकम्पमा परी १४ जनाको मृत्यु भइसकेको र यो संख्या अझै बढ्न सक्ने बताइएको छ ।
संचारमाध्यमहरुका अनुसार एलाजिग् प्रान्तको सिभ्रिस बजारमा केन्द्रविन्दु भएको थियो ।
भूकम्पले भवनहरु भत्काइदिएको छ । भूकम्पको धक्का सिरिया, लेबनान तथा इरानसम्म महसुस भएको थियो ।
टर्की भूकम्प प्रभावित मुलुक हो । यसअघि सन् १९९९ मा गएको शक्तिशाली भूकम्पले १७ हजार मानिसको ज्यान लिएको थियो ।
भूकम्पका कारण प्रभावित भएको क्षेत्र राजधानी अंकाराबाट ५ सय ५० किलोमिटर पूर्वमा पर्छ । अहिले उद्धार र राहतको काम जारी रहेको बताइएको छ ।