टिकापुरमा रेशम चौधरीको पार्टीले जित्यो मेयर

कैलाली । कैलालीको टीकापुर नगरपालिकाको मेयर रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले जितेको छ। चौधरी भने व्यक्ति हत्याको अभियोगमा जेलमा छन् । चौधरीको अगुवाइमा केही महिनाअघि मात्र पार्टी दर्ता भएको थियो । पहिलो प्रयासमै पार्टीले स्थानीय तह चुनावमा पहिलो जित निकालेको हो । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डंगौरा थारूले सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार नवराज रावललाई ३ हजार बढी मतले हराए ।

थारूले ९६४२ मत पाए । रावलको ६६४२ मत आयो । थारू यसअघि टीकापुर ७ मा वडाध्यक्ष थिए । उपमेयरमा गठबन्धनबाट माओवादी केन्द्रका खडक साहले जिते । साहले नागरिक उन्मुक्तिबाट उम्मेदवारी दिएकी उल्कादेवी विश्वकर्मालाई हराए ।