एजेन्सी
अस्पताल भर्ना भएका हरेक १० कोरोना भाईरस संक्रमित डाईबेटिजका बिरामी मध्ये प्रत्येक एक जनाको ७ दिन भित्रै मृत्यु हुने गरेको र पाँच जना मध्ये १ जनालाई भेण्टिलेटरमा राखेरै उपचार गर्ने गरेको एक अध्यनले देखाएको छ । फ्रेन्च अनुसन्धानकर्ताहरुको ४० जनाको समुहले गरेको उक्त अनुसन्धानको प्रयोग र नतिजा
‘डाईबेटोलिजा’ नामक म्यागाजिनमा बिहीवार प्रकाशित भएको हो । अनुसन्धानको नतिजा पछि डाईबेटिज कोरोना संक्रमणका बिरामीको लागि सबैभन्दा खतरनाक भएको निस्कर्ष समेत निकालेको छ ।
फ्रान्सस्थित ५३ वटा अस्पतालका जम्मा १३ सय बिरामीमा मार्च १० देखि मार्च ३१ सम्म अनुसन्धान गरिएका ८९ प्रतिशत कोभिड बिरामीमा दोश्रो प्रकारको डाईबेटिज र ३ प्रतिशतमा पहिलो प्रकारको डाईबेटिज थियो भने बाँकी बिरामीमा अन्य प्रकृतीको रोग भएको उल्लेख गरिएको छ । अनुसन्धान गरिएका बिरामीहरुको औसत उमेर ७० बर्ष रहेको छ । अनुसन्धान गरिएका अधिकांस पुरुष रहेको जनाईएको छ । अनुसन्धान सुरु गरिएको सातौं दिनसम्ममा २९ प्रतिशत बिरामीहरु कि त भेण्टिलेटरमा सारिएका थिए कि भने ५३ प्रतिशतको मृत्यु भएको थियो ।जसमध्ये १८ प्रतिशत अस्पतालबाट डिस्चार्ज भएका थिए । डाईबेटिज भएकाको मृत्युको सम्भावना डाईबेटिज नहुनेमा भन्दा दोब्बर भएको र ७५ बर्ष माथिका डाईबेटिज बिरामीको मृत्यु हुने सम्भावना निक्कै धेरै भएको अनुसन्धानले जनाएको छ । ५५ बर्षदेखि ७४ बर्षसम्मका डाईबेटिज बिरामीको मृत्यु सम्भाबना तीन दोब्बर रहेको समेत जनाईएको छ ।