तातोपानी नाकाबाट १८ हजार थान अक्सिजन सिलिण्डर नेपाल भित्रन थाल्यो

Photo : Gorakhapatra.com

काठमाडौं । नेपाल र चीनको स्थल नाका तातोपानीबाट अक्सिजनका खाली सिलिण्डर भित्रन शुरु गरेको छ । आज २५ सय सिलिण्डर नाकामा आइसकेको भन्सार कार्यालयले जनाएको छ । यी सिलिण्डर तिब्बतको खासाबाट नेपाली व्यापारिले खरीद गरेका हुन् । नेपाली ब्यापारीले कुल १८ हजार थान सिलिण्डर मगाएको र त्यसमध्ये आज २५ सय थान भन्सारमा कार्यालयको भनाई छ ।

थप सिलिण्डर र स्वास्थ्य समाग्री बोेकेका कन्टेनर समेत खासा आइपुगेको र नेपाल भित्रिने चरणमा बताइएको छ । यी सिलिण्डर सिल्क टान्सपोर्ट कम्पनीले ढुवानी गरेको हो । सोमबार १२ बजे चिनियाँ चार कन्टेनरमार्फत दुई कन्टेनरमा अक्सिजनका खाली सिलिण्डर र दुई कन्टेनरमा स्याउ भित्रिएको छ ।

अक्सिजन सिलिण्डरसहित स्वास्थ सामग्री बोकेका ८० वटा कन्टेनर भने खासा बजार आइपुगेका छन् । ती कन्टेनरमा पिपिई सेट, सर्जिकल मास्क, स्यानिटाइजर, ग्लोभ्स, कोरोना भाइरस नियन्त्रणका लागि अति आवश्यक सर्जिकल उपकरण ल्याइएको बताइएको छ ।

नेपालमा अक्सिजन सिलिण्डरको अभावले मानिसहरुको ज्यान जान थालेपछि छिमेकी मुलुक चीनबाट धमाधम स्वास्थ्य सामग्री भित्रिरहेको छ । आइतबार र सोमबार नेपाल वायुसेवा निगमको जहाजले समेत चीनको राजधानी बेइजिंगबाट ९७५ वटा सिलिण्डर काठमाडौं ल्याएको छ ।