तीज रमझम तस्वीरमा

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ लाटीकोइलीस्थित शिव मन्दिरमा तिजको दिन मङ्गलबार पूजाअर्चना पश्चात नाचगान गरेर रमाउँदै भक्तजनहरु । तस्बिर : सुरेश आचार्य / रासस

१० भदौ, काठमाडौं । आज हरितालिका तीज हिन्दुधर्मावलम्बीले उल्लासमय वातावरणमा मनाउँदैछन् । साथै शिवालयहरुमा महिला भक्तजनको भीड समेत लागेको छ । पशुपतिनाथसहितका शिव मन्दिरको माहोल तस्वीरमा यस्तो देखियो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ लाटीकोइलीस्थित शिव मन्दिरमा रहेको ५१ फिट अग्लो ‘अर्धनारेश्वर’को मूर्तिमा तीजको दिन मङ्गलबार पूजाअर्चना गर्दै भक्तजनहरू । तस्बिर : सुरेश आचार्य / रासस
तिजको दिन मङ्गलबार बिहानै काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन र पशुपतिनाथ मन्दिर क्षेत्र । तस्बिर: हरिराम भेटुवाल / रासस
तिजको दिन मङ्गलबार बिहानै काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन । तस्बिर: हरिराम भेटुवाल / रासस
तिजको दिन मङ्गलबार बिहानै काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन । तस्बिर: हरिराम भेटुवाल / रासस
तिजको दिन मङ्गलबार बिहान भिसमिसे उज्यालोमै काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन । तस्बिर : हरिराम भेटुवाल / रासस