दिल्लीको रामलिला पार्कमा नेपाली युवा मृत फेला

दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित रामलिला पार्कमा एक नेपाली युवक रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । भारतीय संचारमाध्यमका अनुसार उनको नाम २४ वर्षिय दिपेश थापा बताइएको छ । उनको नेपालको ठेगाना भने खुलेको छैन ।

भारतीय न्यूज एजेन्सी इन्डो–एसियन न्यूज सर्भिस (आइएएनए)ले जनाए अनुसार रुखमा झुण्डिएको अवस्थामा बुधबार उनको शव फेला परेको छ । उनी चिराग भन्ने स्थानमा ममको व्यापार गर्दै आएको बताइएको छ । मंगलबार साँझसम्म उनका साथिले दिपेशलाई देखेपनि त्यसपछि बेपत्ता भएका थिए । उनको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको बताइएको छ ।