भारतीय राजधानी नयाँ दिल्लीमा प्रदुषण नियन्त्रण गर्ने हेतुले निजी सवारी साधनहरुलाई जोर बिजोर प्रणालीमा मात्र सडकमा चलाउन दिईने भएको छ । गत शुक्रबार मुख्य मन्त्री अरबिन्द केजरिवाला सहितका अधिकारी सम्मिलित पत्रकार सम्मेलनमा आगामी नोभेम्बर महिनामा ११ दिनका लागि नयाँ दिल्लीका सडकमा जोर बिजोर प्रणालीमा फरक फरक दिन गाडी चलाउन दिईने बताईको हो । पत्रकार सम्मेलनमा यो नियमलाई निक्कै कडाईका साथ लागू गरिने जानकारी दिईयो । उक्त निर्णयले नयाँ डिल्लीको वायुको शुद्धतामा बृद्धी हुने विश्वास राज्य सरकारले लिएको छ ।
दिल्लीमा पहिलो पटक जोर बिजोर प्रणाली सन २०१६ मा शुरु गरिएको थियो । नयाँ दिल्ली संसारकै सबैभन्दा प्रदुषित शहर मध्येमा पर्दछ । प्रारम्भमा आगामी नोभेम्बर ४ देखि १५ सम्म लागू गरिने यो जोर बिजोर प्रणाली नियम प्रचारमा आए पछी भारतमा सामाजिक संजालमा ट्रोल बनाएर बिरोध गरिएको छ ।
एजेन्सी